नेपाल टेलिकमको सिमकार्ड अब हुलाकमार्फत ढुवानी, सेवाग्राहीको घरैमा उपलब्ध हुने

बिजमाण्डू
२०८३ असार १८ गते १९:०९ | Jul 2, 2026
नेपाल टेलिकमको सिमकार्ड अब हुलाकमार्फत ढुवानी, सेवाग्राहीको घरैमा उपलब्ध हुने


काठमाडौं। नेपाल टेलिकमका सिमकार्ड लगायत सामग्री हुलाकबाट ढुवानी गरिने भएको छ।

Vigo
GBIME
Tata

सिमकार्ड, कागजात, चिठीपत्र, दूरसञ्चार सेवामा प्रयोग हुने विभिन्न स्पेयर पार्ट्स लगायत नेपाल टेलिकमका सामग्री हुलाक सेवा विभागले ढुवानी गर्ने भएको हो।

यस सम्बन्धमा बिहीबार नेपाल टेलिकम र विभागबीच सम्झौता भएको छ। सम्झौता पत्रमा टेलिकमका तर्फबाट निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र विभागका तर्फबाट महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार साउन १ देखि यो सेवा सुरु हुनेछ। सेवाग्राहीले चाहेमा टेलिकमका सिमकार्ड अब घर घरमै हुलाकमार्फत उपलब्ध हुने विभागले जनाएको छ।