काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।
राष्ट्रिय सभाको बुधबारको बैठकमा अध्यक्ष दाहालले सरकारलाई रुलिङ गरेका हुन्।
‘राष्ट्रिय सभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरोकारका समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सम्बन्धित सबै माननीय मन्त्रीहरूलाई निर्देशन गर्दछु,’ दाहालले भने।









