काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
उनले मंगलबार नेपाल टेलिकमको सुन्धारास्थित सूचना प्रविधि निर्देशनालयअन्तर्गतको बिजनेस सपोर्ट सिस्टम (बीएसएस) विभाग र दूरसञ्चार कार्यालय निरीक्षणका क्रममा सेवा प्रवाहलाई प्रभावकारी र डिजिटल प्रणालीमा आधारित बनाउन निर्देशन दिएका हुन्।

मन्त्री तिमिल्सिनालाई टेलिकमका प्रबन्धक शालिकराम सुवेदीले सूचना प्रविधि निर्देशनालयमार्फत सम्पादन भइरहेका काम र बिलिङ प्रणालीका बारेमा जानकारी गराएका थिए।
निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले सेवाग्राहीसँग टेलिफोन र इन्टरनेटको गुणस्तरबारे कुराकानी गरेका थिए।











