नेपाल टेलिकमको फोरजी सेवा मुर्माटपमा पनि विस्तार, राराको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने

बिजमाण्डू
२०८३ असार १६ गते १५:२९ | Jun 30, 2026
नेपाल टेलिकमको फोरजी सेवा मुर्माटपमा पनि विस्तार, राराको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने


काठमाडौं। नेपाल टेलिकमले मुगुको मुर्माटपमा फोरजी सेवा सुरु गरेको छ।

Vigo
GBIME
Tata

रारा तालको दृश्यावलोकनका लागि परिचित स्थल मुर्माटपमा टेलिकमले असार १५ गतेदेखि फोरजी सेवाको सुरु गरेको हो।

मुर्माटपमा फोरजी सेवा सुरु गरेसँगै स्थानीयबासी, पर्यटक र पदयात्रीले उच्च गतिको मोबाइल इन्टरनेट सेवा उपयोग गर्न सक्ने कम्पनीले बताएको छ। यसले रारा क्षेत्रको पर्यटन प्रवर्धनमा थप टेवा पुग्ने टेलिकमको विश्वास छ।