राहदानी विभागको महानिर्देशकमा दीपक विक, स्टक सकिन लागेकाले राहदानी छाप्ने निर्णय तत्कालै गर्नुपर्ने



बिजमाण्डू
२०८३ असार १५ गते १३:२२ | Jun 29, 2026
राहदानी विभागको महानिर्देशकमा दीपक विक, स्टक सकिन लागेकाले राहदानी छाप्ने निर्णय तत्कालै गर्नुपर्ने

काठमाडौं। परराष्ट्र मन्त्रालयले दुई सातादेखि रिक्त रहेको राहदानी विभागको महानिर्देशकमा सहसचिव दीपक विकलाई पठाएको छ।

Tata
GBIME
Nepal Life

मन्त्रिस्तरीय निर्णय गर्दै विकलाई महानिर्देशक बनाएर पठाइएको हो। उनलाई राहदानी छाप्ने निर्णय गर्नका लागि ल्याइएको हो। जर्मन कम्पनीलाई भ्रष्टाचार मुद्दा दायर र विभागसँग ६० हजार मात्रै राहदानी रहेकाले तत्कालै निर्णय नभए ठूलो समस्या आउने देखिएकाले परराष्ट्रले विकलाई पठाएको हो।

प्रधानमन्त्री बालेन शाह र उनको सचिवालयको दबाबमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका तात्कालिन महानिर्देशक तीर्थ अर्याललाई नियन्त्रणमा लिएको थियो।

जर्मन कम्पनीलाई राहदानी ठेक्कामा दिँदा भ्रष्टाचार भएको भन्दै शाह र उनको सचिवालयले अख्तियारका प्रमुख आयुक्त र आयुक्तलाई करकापमा पारेर अर्याललाई प्रधानमन्त्री कार्यालयबाटै नियन्त्रणमा लिन लगाएका थिए।