वर्षा नहुँदा किसानले रोपाइँ गर्न पाएनन्, कृषि विभाग भन्छ- हालसम्म ११ प्रतिशत मात्र रोपाइँ



बिजमाण्डू
२०८३ असार १२ गते २०:१८ | Jun 26, 2026
वर्षा नहुँदा किसानले रोपाइँ गर्न पाएनन्, कृषि विभाग भन्छ- हालसम्म ११ प्रतिशत मात्र रोपाइँ

काठमाडौं। वर्षा नहुँदा यसपालि रोपाइँ प्रभावित भएको छ। हालसम्म जम्मा ११ प्रतिशत मात्र रोपाइँ भएको कृषि विभागले जनाएको छ। गत वर्ष यही अवधिमा १५ प्रतिशत रोपाइँ भएको थियो।

Tata
GBIME
Nepal Life

विभागका अनुसार कर्णाली प्रदेशमा २२ प्रतिशत रोपाइँ भएको छ। लुम्बिनी २०, गण्डकी र बागमती प्रदेशमा १२/१२, सुदूरपश्चिममा ९, कोशीमा ८ र मधेश प्रदेशमा ५ प्रतिशत रोपाइँ भएको छ।

गत वर्ष असार १२ गतेसम्म सुदूरपश्चिममा ४५, कर्णालीमा ३९, बाग्मतीमा २०, कोशीमा १४, लुम्विनीमा ९ र मधेश प्रदेशमा ३ प्रतिशत रोपाइँ भएको थियो।

विभागका अनुसार यसपालि रोपाइँ भएका कतिपय ठाउँमा वर्षा नभएर खडेरीको अवस्था निम्तिएको छ। सिंचाइको भरपर्दो व्यवस्था नरहेका कारण किसानहरु आकाशे पानीमा भर पर्ने परेका छन्।