विश्व मोटरसाइकल दिवसमा रोयल इनफिल्डद्वारा भैरहवा-लुम्बिनी राइड सम्पन्न



बिजमाण्डू
२०८३ असार ८ गते २०:०७ | Jun 22, 2026
विश्व मोटरसाइकल दिवसमा रोयल इनफिल्डद्वारा  भैरहवा-लुम्बिनी राइड सम्पन्न

काठमाडौं । नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि. अन्तर्गतको प्रिमियम मोटरसाइकल ब्रान्ड रोयल इनफिल्डले विश्व मोटरसाइकल दिवसको अवसरमा भैरहवाबाट लुम्बिनीसम्म विशेष समूह राइड कार्यक्रम सम्पन्न गरेको छ।

Tata
GBIME
Nepal Life

कार्यक्रममा १२५ भन्दा बढी रोयल एनफिल्ड राइडरहरूको उत्साहजनक सहभागिता रहेको थियो। रोयल इनफिल्ड भैरहवाबाट सुरु भएको राइड लुम्बिनी पुगेर विभिन्न मनोरञ्जनात्मक तथा सचेतनामूलक गतिविधिसहित सम्पन्न भएको कम्पनीले जनाएको छ।

कार्यक्रममा सुरक्षित र जिम्मेवार मोटरसाइकल चलाउने संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले राइडिङ सेफ्टी, रोड सेफ्टी अवेरनेस र गियर सम्बन्धी ज्ञान आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।

यसका साथै सहभागीहरूका लागि विभिन्न खेलकुद गतिविधि, फोटोसुट तथा भिडियोसुट, क्लब मिटअप, स्विमिङ, सांगीतिक प्रस्तुति तथा गाला डिनर कार्यक्रमको समेत व्यवस्था गरिएको थियो। कार्यक्रममा सहभागी राइडरहरूले आपसी सम्बन्ध सुदृढ गर्नुका साथै जिम्मेवार र सुरक्षित राइडिङ संस्कृतिको प्रवर्द्धनमा आफ्नो प्रतिबद्धता व्यक्त गरेको कम्पनीले जनाएको छ।

रोयल इनफिल्ड नेपालले आफू नियमित रूपमा राइडिङ संस्कृति, समुदाय निर्माण तथा जिम्मेवार मोटरसाइकल यात्रालाई प्रवर्द्धन गर्ने अग्रणी ब्रान्डमध्ये एक भएको जनाएको छ।। कम्पनीको ‘प्युर मोटरसाइकलिङ’ भन्ने मुख्य सिद्धान्तअनुरूप यसले नेपालभर विभिन्न राइड, समुदाय केन्द्रित कार्यक्रम तथा एड्भेन्चर गतिविधिहरू संचालन गर्दै आएको जनाएको छ।

विश्वव्यापी रूपमा पनि रोयल इनफिल्डले मोटरसाइकल समुदायलाई जोड्ने विभिन्न प्रतिष्ठित कार्यक्रमहरू आयोजना गर्दै आएको छ। भारतको गोवामा आयोजना हुने मोटोभर्स तथा चुनौतीपूर्ण र उच्च हिमाली भूभाग पार गर्दै गरिने हिमालयन ओडिसी जस्ता कार्यक्रममार्फत विश्वभरका हजारौं मोटरसाइकल पारखीहरूलाई एकै मञ्चमा ल्याउने कार्य गरिरहेको कम्पनीको भनाइ छ।

अल्फा अटोमोटिभ प्रा.लि.ले रोयल इनफिल्ड समुदायलाई अझ सशक्त बनाउँदै सुरक्षित राइडिङ, जिम्मेवार मोटरसाइकल संस्कृति तथा साहसिक यात्राको प्रवर्द्धन गर्ने यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ।