बागमती प्रदेशमा ६६.९३ अर्बको बजेटमा पुँजीगततर्फ ६५ प्रतिशत, यस्तो छ स्रोतको अनुमान



बिजमाण्डू
२०८३ असार १ गते १७:४७ | Jun 15, 2026
बागमती प्रदेशमा ६६.९३ अर्बको बजेटमा पुँजीगततर्फ ६५ प्रतिशत, यस्तो छ स्रोतको अनुमान

काठमाडौं। बागमती प्रदेशले आगामी आव २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएको छ।  

Tata
GBIME
Nepal Life

आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले चालुतर्फ २२ अर्ब ९६ करोड अर्थात् ३४.३१ प्रतिशत र पुँजीगतर्फ ४३ अर्ब ९८ करोड अर्थात् ६५.६९ प्रतिशत विनियोजन गरी सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन्।

कुल विनियोजनमा कर राजस्वबाट ३० अर्ब १५ करोड र अन्य राजस्वबाट ७ अर्ब ७३ करोड बेहोर्ने उल्लेख गरिएको छ।

संघबाट प्राप्त हुने वित्तीय हस्तान्तरणबाट १५ अर्ब ३१ करोड र चालु आवको बचत तथा विविध प्राप्तिबाट १२ अर्ब ७६ करोड बेहोर्ने बताइएको छ।  

त्यस्तै अन्य संस्थामा भएको ऋण लगानी फिर्ताबाट ९६ करोड प्राप्त हुने उल्लेख छ।