काठमाडौं । इन्टरनेट सेवा प्रयोगकर्ताहरुको संख्या अघिल्लो महिनाको तुलनामा १० हजार ८४८ ले बढेको छ।
नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार बैशाख महिनासम्ममा इन्टरनेटका ग्राहक संख्या ३४ लाख ८७ हजार ९७२ पुगेको हो। चैत महिनामा ग्राहक संख्या ३४ लाख ७७ हजार १२४ रहेको थियो ।
सबैभन्दा धेरै ग्राहक संख्या वर्ल्डलिंकको रहेको छ। कम्पनीको बैशाखसम्ममा १० लाख ७८ हजार ७०९ ग्राहक पुगेका छन्। वर्ल्डलिंकको बजार हिस्सा १०.४१ प्रतिशत रहेको छ। कम्पनीको बैशाख महिनामा मात्रै ४ हजार ८०६ ग्राहक थपिएका छन्।

ग्राहक थप्ने दोस्रोमा नेपाल टेलिकम रहेको छ। कम्पनीका ग्राहक संख्या बैशाख महिनामा ३ लाख ८३ हजार १०१ पुगेको छ। यसको बजार हिस्सा १०.९८ प्रतिशत छ। कम्पनीले बैशाख महिनामा २ हजार २९ ग्राहक बढाएको हो।
तेस्रो स्थानमा रहेको डिस मिडिया नेटवर्कको ग्राहक ३ लाख ६९ हजार २१८ रहेका छन्। त्यस्तै, भायोनेटका ३ लाख ६३ हजार ३७, क्लासिक टेकका २ लाख ८६ हजार ९५३, सुबिसु केबल नेटका २ लाख ६४ हजार ८४९, वेबसर्फर नेपाल कम्युनिकेसनका १ लाख ७३ हजार ४६२, टेकमाइन्ड्स नेटवर्क प्रालिका १ लाख १७ हजार ७८ र वाइफाइ नेपालका १ लाख ११ हजार ४६४ ग्राहक छन्।

सीजीको ग्राहक ९० हजार २०६ रहेको छ भने ब्रोडलिंक नेटवर्कको ग्राहक ५५ हजार ७६७ पुगेको छ। सजिलो नेटको ४३ हजार ७२५, फाइबरवर्ल्ड कम्युनिकेसनका ३९ हजार ६४१, कनेक्ट नेपाल नेटवर्क्सका २२ हजार ९, एरोनेट प्रालिका १४ हजार २४२, एभरेष्ट वायरलेसका १४ हजार १७५ ग्राहक छन्।
त्यस्तै, फर्स्ट लिंक कम्युनिकेशनका १० हजार २१३, फोखरा इन्टरनेटका १० हजार १७७, चितवन युनिक नेटका १ हजार १९०, आई जोनका ५ हजार ८४० र अन्य कम्पनीहरुको २७ हजार ९१६ इन्टरनेट ग्राहक संख्या रहेको प्राधिकरणाले तथ्यांकमा उल्लेख गरेको छ ।











