काभ्रे बस दुर्घटनामा मन्त्रिपरिषद् कार्यालयले गर्‍यो दुःख व्यक्त, कारण पहिचान गर्न निर्देशन



बिजमाण्डू
२०८३ जेठ २९ गते २१:४५ | Jun 12, 2026
काभ्रे बस दुर्घटनामा मन्त्रिपरिषद् कार्यालयले गर्‍यो दुःख व्यक्त, कारण पहिचान गर्न निर्देशन

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शुक्रबार काभ्रेमा भएको यात्रुवाहक बस दुर्घटनाको घटनामा दुःख व्यक्त गरेको छ।

Tata
GBIME
Nepal Life

शुक्रबार दिउँसो काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२, बुच्चाकोटमा बा. ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको निधन भएको थियो। दुर्घटनामा १६ जना यात्रु घाइते भएका थिए।

कार्यालयका प्रवक्ता हेमराज अर्यालले वक्तव्य जारी गर्दै यस घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। घाइतेहरूको स्वास्थ्यलाभको कामना पनि वक्तव्यमा गरिएको छ।

सरकारले घटनाको अनुसन्धान गरी दुर्घटनाको कारण पहिचान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि वक्तव्यमा जनाइएको छ। घाइतेको उपचारलगायतलाई प्रभावकारी बनाउन सम्बन्धिन निकायलाई निर्देशन दिइसकेको पनि वक्तव्यमा जनाइएको छ।