काठमाडौं। एनआईसी एशिया बैंकले पर्वतको देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण लगायतका सामग्रीहरू सहयोग गरेको छ।
स्थानीयस्तरका बिरामी तथा सेवाग्राहीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उक्त स्वास्थ्य चौकीको सेवा अझ प्रभावकारी तथा सहज होस् भन्ने हेतुले बैंकले ह्विलचियर, डस्बिन, फुट स्टेप, कुर्ची, स्युचर सेट लगायतका सामग्रीहरु उपलब्ध गराएको जनाएको छ।
बैंकका चिफ मार्केटिङ अफिसर दीपेन्द्र शर्मा र पोखरा सर्कल हेड स्वेता शेरचनले मोदी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तथा उक्त स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कार्की क्षेत्री र स्वास्थ्य चौकी प्रमुख रुपेश कुमार कुशवाहालाई बिहीबार एक कार्यक्रमका बीच उक्त उपकरण तथा सामग्रीहरू हस्तान्तरण गरेका छन्।
बैंकले गरेको सहयोगले उक्त स्वास्थ्य चौकीले उपलब्ध गराइरहेको स्वास्थ्य सेवा अझ प्रभावकारी भई स्थानीयस्तरमा स्वास्थ्य उपचार तथा सेवा लिइरहेका सेवाग्राहीलाई स्वास्थ्य सेवामा अझ सहज हुने बैंकले विश्वास लिएको जनाएको छ।











