इप्पानको वरिष्ठ उपाध्यक्ष पदको लागि मनोनयन शुल्क दुई लाख, सदस्यलाई एक लाख



बिजमाण्डू
२०८३ जेठ २८ गते ११:३७ | Jun 11, 2026
इप्पानको वरिष्ठ उपाध्यक्ष पदको लागि मनोनयन शुल्क दुई लाख, सदस्यलाई एक लाख

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी २४औं वार्षिक साधारण सभाका अवसरमा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुने भएको छ।

Tata
GBIME
Nepal Life

हेरिटेज प्लाजा, कमलादीस्थित इप्पानको निर्वाचन समितिको कार्यालयले जेठ २९ गते हुने साधारण सभामा निर्वाचन प्रयोजनका लागि उम्मेदवारी मनोनयन शुल्क र पदहरूको विवरण सार्वजनिक गरेको छ।

इप्पानको विधान बमोजिम वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकाले यस पटक अध्यक्ष पदबाहेक अन्य पदाधिकारी तथा सदस्यहरूको मात्र निर्वाचन हुन लागेको निर्वाचन समितिले जनाएको छ।

जेठ २५ गते बसेको संस्थाको कार्यसमिति बैठकको निर्णयअनुसार उम्मेदवारी मनोनयन शुल्क निर्धारण गरिएको हो।

निर्वाचन समितिले सार्वजनिक गरे अनुसार वरिष्ठ उपाध्यक्ष पदका लागि दुई लाख रुपैयाँ तोकिएको छ। त्यस्तै, उपाध्यक्षका लागि एक लाख पचास हजार रुपैयाँ, महासचिवका लागि एक लाख पचास हजार रुपैयाँ, उपमहासचिवका लागि एक लाख पचास हजार र सचिवका लागि पनि एक लाख पचास हजार रुपैयाँ तोकिएको छ।

कोषाध्यक्षका लागि पनि एक लाख पचास हजार रुपैयाँ तोकिएको छ। सदस्य खुला र महिला पदका लागि भने एक लाख रुपैयाँ शुल्क निर्धारण गरिएको छ।