इप्पानमा उम्मेद्वार बन्न लाख रुपैयाँ चाहिने, वरिष्ठ उपाध्यक्षमा दुई लाख, सदस्यका लागि एक लाख



बिजमाण्डू
२०८३ जेठ २८ गते ११:३६ | Jun 11, 2026
इप्पानमा उम्मेद्वार बन्न लाख रुपैयाँ चाहिने, वरिष्ठ उपाध्यक्षमा दुई लाख, सदस्यका लागि एक लाख

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल(इप्पान)को साधारण सभा शुक्रबार काठमाडौंमा हुँदैछ।

Tata
GBIME
Nepal Life

साधारणसभाले नयाँ पदाधिकारी चयन गर्ने भएकाले विहीबार मनोनयन राखिएको छ। इप्पानको चुनाव उम्मेद्वारी दिनका लागि ठूलै शुल्क तिर्नुपर्छ। इप्पानका अनुसार वरिष्ठ उपाध्यक्षका उम्मेद्वारले दुई लाख रुपैयाँ तिर्नुपर्छ भने उपाध्यक्षका उम्मेद्वारले डेढ लाख रुपैयाँ। इप्पानमा पाँच जना उपाध्यक्ष हुने प्रावधान छ।

यस्तै महासचिव सचिव र कोषाध्यक्षले डेढ लाख रुपैयाँ उम्मेद्वारी शुल्क तिर्नुपर्छ। इप्पानमा पाँच जना सचिव हुने प्रावधान छ।

इप्पानको कार्यसमिति सदस्यमा एक लाख रुपैयाँ तिर्नुपर्छ। इप्पानमा महिलासहित १० जना सदस्य हुने प्रावधान छ। इप्पानको फाराम शुल्क छुट्टै सय रुपैयाँ तिर्नुपर्छ।