काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको जेठ १७ गतेको सीमा सम्बन्धिको अभिव्यक्तिको प्रष्टिकरण दिएका छन्।
शाहले सो दिन ‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भनेका थिए। त्यसबारेमा विपक्षी दलले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने माग गरेका थिए। तर, बालेन तयार भएनन्।
संसदको गतिरोध कायम रहेपछि प्रधानमन्त्रीको भनाइमाथि खनालले जवाफ दिने सहमति बनेको थियो।
खनालले आफ्नो अभिव्यक्तिका क्रममा ‘क्रस बोर्डर अकुपेसन’को विषय शाहले जोड दिएको बताए।

‘सम्माननीय ज्यूले भनेको १० गजा क्षेत्र र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्,’ उनले भने।
खनालले सरकारले नेपाल -भारत सीमा विवादमा तेस्रो देशको संलग्नता नचाहेको पनि बताए। तर, प्रधानमन्त्री शाहले भने बेलायत र चीनसँग पनि आफूहरुले छलफल गर्ने बताएका थिए।
खनालको जवाफमा विपक्षी दल सन्तुष्ट भएका छैनन्। उनीहरुले संसद अवरोध जारी राखेका छन्।









