संसद् अवरोध हटाउन प्रतिपक्षीको मध्यमार्गी प्रस्ताव : प्रधानमन्त्रीको लिखित वक्तव्य भए हुन्छ



प्रकाश भण्डारी
२०८३ जेठ २७ गते १३:१६ | Jun 10, 2026
संसद् अवरोध हटाउन प्रतिपक्षीको मध्यमार्गी प्रस्ताव : प्रधानमन्त्रीको लिखित वक्तव्य भए हुन्छ

काठमाडौं। प्रतिनिधि सभाको अवरोध हटाउन सत्ता र प्रतिपक्षी दलहरुबीच विभिन्न विकल्पमा वार्ता भइरहेको छ।

Tata
GBIME
Nepal Life

११ बजेका लागि बोलाइएको बैठक रोकेर सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विपक्षी दलका नेताहरुबीच भइरहेको वार्तामा प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित नभएको अवस्थामा उनको लिखित भनाइ मन्त्रीहरुले पढ्नुपर्ने विकल्पमाथि छलफल भइरहेको हो।

विपक्षीले शाहको लिखित वक्तव्य परराष्ट्रमन्त्री शिशिर खनालले पढ्नुपर्ने अडान राखेका छन्। तर, रास्वपाका सभापति रवि लामिछानेले भने सरकारका तर्फबाट खनालले आफ्नै वक्तव्य दिनेछन् भन्नेमा जोड दिइरहेका छन्।

‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भन्ने शाहको अभिव्यक्तिबारे शाहले संसद्को कुनै अरु समयमा आएर जवाफ दिनसक्नेबारे पनि छलफल भइरहेको छलफलमा सहभागी एक नेताले बताए। ‘अहिले मन्त्रीले प्रधानमन्त्रीको लिखित धारणा प्रस्तुत गर्ने। पछि कुनै बेला आएर जवाफ दिने भन्ने हाम्रो भनाइ छ। तर रविले परराष्ट्रमन्त्रीले नै बोल्नुहुन्छ भन्नुभयो,’ उनले भने।

शाहले जेठ १७ गते सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा सीमा सम्बन्धि अभिव्यक्ति विवादमा परेको थियो। जेठ १७ गतेदेखि नै विपक्षी दलले शाहको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने तथा माफी माग्नुपर्ने अडान राखेर सदनमा अवरोध गरिरहेका छन्।