रेमिटेन्स आप्रवाहमा उल्लेख्य वृद्धि, दश महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रुपैयाँ



बिजमाण्डू
२०८३ जेठ २६ गते १७:४४ | Jun 9, 2026
रेमिटेन्स आप्रवाहमा उल्लेख्य वृद्धि, दश महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रुपैयाँ

काठमाडौं। चालु आर्थिक १० महिनामा नेपाल भित्रिने रेमिटेन्स आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ। वैशाख मसान्तसम्म रेमिटेन्स २४.२ प्रतिशतले बढेर १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। वैशाख एक महिनामा मात्रै रेमिटेन्स २ खर्ब ५७ अर्ब रुपैयाँ भित्रिएको छ।

Tata
GBIME
Nepal Life

गत वर्ष सोही अवधिमा रेमिटेन्स १३.३ प्रतिशत मात्र रहेको थियो। अमेरिकी डलरमा समेत रेमिटेन्स आप्रवाहमा सुधार देखिएको छ। १० महिनामा रेमिटेन्स १३.० प्रतिशतले बढेर १३ अर्ब २६ करोड अमेरिकी डलर पुगेको छ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्यामा भने कमी देखिएको छ। १० महिनामा नयाँ श्रम स्वीकृति लिनेको संख्या ३ लाख ३५ हजार ५१० रहेको छ, जुन अघिल्लो वर्ष ४ लाख ५ हजार ६१० थियो।

त्यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या पनि घटेर २ लाख २६ हजार ३६४ पुगेको छ, अघिल्लो वर्ष यो संख्या २ लाख ८० हजार ३१४ थियो।

समग्रमा श्रम स्वीकृति लिनेको संख्या घटे पनि रेमिटेन्स आप्रवाह निरन्तर बढिरहेको छ। डलर बलियो बन्दा रेमिटेन्स आप्रवाह बढ्न सहयोग पुगेको छ।