भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलको सेवामा प्रभु बैंकका ग्राहक र कर्मचारीले छुट पाउने



बिजमाण्डू
२०८३ जेठ २६ गते १६:१९ | Jun 9, 2026
भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलको सेवामा प्रभु बैंकका ग्राहक र कर्मचारीले छुट पाउने

काठमाडौं । प्रभु बैंकले भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग बैंकका ग्राहक तथा कर्मचारीहरुलाई हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।

Tata
GBIME
Nepal Life

सम्झौता अनुसार हस्पिटलमा प्रभु बैंकका कर्मचारी, प्रभु बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता, डेबिट तथा क्रेडिट कार्डबाहकहरुले १० प्रतिशत छुट पाउने भएका छन्।

त्यस्तै, भर्ना भएका बिरामीहरुले औषधी र उपभोग्य सामाग्री बाहेक र भर्ना नभई उपचार गराउने बिरामीहरुले औषधि र परामर्श शुल्क बाहेकका शुल्कहरुमा १० प्रतिशत छुट पाउने छन्।

उक्त सम्झौतापत्रमा इन्द्रप्रस्थ अपोला हस्पिटलका तर्फबाट डेपुटी म्यानेजर विपिन शर्मा र प्रभु बैंकबाट चिफ मार्केटीङ अफिसर दिपेन्द्र बाबु विष्टले हस्ताक्षर गरेका छन्।

यो सम्झौता २०२६ मे २८ देखि देखि प्रारम्भ भएर मे २०२८ सम्म कायम रहने जनाइएको छ।