काठमाडौं। प्रतिपक्षी दलहरुले प्रतिनिधि सभाको मंगलबारको बैठकमा सीमा जोगाउन शहिद भएकाहरुको नाममा ५ मिनेट मौन धारण गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भन्दै दिएको अभिव्यक्तिले शहिदको आत्मसम्मानमा चोट पुगेको नेपाली कांग्रेसका सचेतक निश्कल राईले बताए।
उनले प्रतिपक्षी दललाई मौन धारण गर्न आग्रह गरेका हुन्।









