सरकारले लगाएको नयाँ करपछि बीएमडब्ल्यु आइएक्स-१ को मूल्य सवा करोड रुपैयाँले बढ्यो



बिजमाण्डू
२०८३ जेठ २५ गते २१:५८ | Jun 8, 2026
सरकारले लगाएको नयाँ करपछि बीएमडब्ल्यु आइएक्स-१ को मूल्य सवा करोड रुपैयाँले बढ्यो

काठमाडौं। नेपालमा बीएमडब्ल्यु गाडीको आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियम मोटर्सले सरकारले लागू गरेको करको नयाँ व्यवस्थापछि गाडीहरूको मूल्य बढाएको छ।

Tata
GBIME
Nepal Life

नयाँ मूल्यसूची अनुसार बीएमडब्ल्यु आइएक्स-१ इड्राइभ-२० को मूल्य १ करोड ९९ लाख ९६ हजार रुपैयाँबाट बढेर ३ करोड २९ लाख ९६ हजार रुपैयाँ पुगेको छ। उक्त मोडेलको मूल्यमा १ करोड ३० लाख रुपैयाँ वृद्धि भएको छ।

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारीसाधनमा लाग्ने करको व्यवस्था परिवर्तन गरेपछि बीएमडब्ल्युका विद्युतीय गाडीहरूको मूल्य बढेको हो। 

नयाँ व्यवस्थाअनुसार विद्युतीय सवारीसाधनमा लाग्ने कर मोटरको क्षमताका आधारमा नभई सवारीसाधनको आयात मूल्यका आधारमा निर्धारण गरिएको छ। यसले उच्च मूल्यका विद्युतीय सवारीसाधनहरूमा बढी प्रभाव परेको छ।