अर्थ मन्त्रालयमा पनि सचिव अब एक जनामात्रै, राजस्व सचिव बराल गण्डकीमा सरुवा



बिजमाण्डू
२०८३ जेठ २५ गते १५:५२ | Jun 8, 2026
अर्थ मन्त्रालयमा पनि सचिव अब एक जनामात्रै, राजस्व सचिव बराल गण्डकीमा सरुवा

काठमाडौं। सरकारले राजस्व सचिव भूपाल बराललाई गण्डकी प्रदेशमा सरुवा गरेको छ। जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार बरालले सोमबार प्रधानमन्त्री कार्यालय पुगेर सरुवाको पत्र बुझेका छन्।

Tata
GBIME
Nepal Life

सरकारले एक मन्त्रालयमा अबदेखि दुई सचिव नराख्ने निर्णय गरी अर्थ मन्त्रालयमा कार्यरत राजस्व सचिव बराललाई गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरेको हो।

बराल बागमती प्रदेशको प्रमुख सचिवबाट २०८२ कात्तिकमा राजस्व सचिवका रुपमा अर्थ मन्त्रालयमा सरुवा भएका थिए।

मन्त्रिपरिषद्को निर्णय अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका डिल्लीराज शर्मा, कृषि वन तथा पर्यावरण मन्त्रालयका डा. गोविन्दप्रसाद शर्मा, ऊर्जा मन्त्रालयका चिरञ्जिवी चटौत र शिक्षा तथा खेलकुद मन्त्रालयका लोकनाथ पौड्यालले पनि सरुवाको पत्र बुझिसकेका छन्। ती मन्त्रालयमा दुई दुई सचिव थिए।