काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।
भारतका विदेशमन्त्री डा एस जयशंकरको निम्तामा शुक्रबार अपराह्न नयाँदिल्ली गएका खनाल आइतबार साँझ स्वदेश फर्किएका हुन्। भ्रमणका क्रममा मन्त्री खनालले जयशंकरसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरेका थिए।
स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै खनालले आफ्नो भ्रमणले भारतसँगको कूटनीतिक र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार बनेको दाबी गरे।

‘उच्चस्तरीय भेटवार्ताले नेपाल र भारतको कूटनीतिक र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउनुका साथै आपसी हितका सम्बन्धमा परिणामुखी सहकार्य अगाडि बढाउने बलियो आधार तयार भएको छ,’ उनले भने।

उनले नयाँ सरकारप्रति भारतमा एक किसिमको उत्साह रहेको बताए। आफ्नो सहयोगका परियोजनामा ढुक्क भएर काम गर्न सकिनेमा भारत विश्वस्त रहेको खालको भनाइ छ।










