कर्मचारीले निजामती अस्पताल धाउनु नपर्ने, भोलिदेखि प्रदेश अस्पतालमै छुटसहित उपचार पाउने



बिजमाण्डू
२०८३ जेठ २४ गते १८:५७ | Jun 7, 2026
कर्मचारीले निजामती अस्पताल धाउनु नपर्ने, भोलिदेखि प्रदेश अस्पतालमै छुटसहित उपचार पाउने
प्रतिभा रावल

काठमाडौं। उपत्यकाबाहिरका निजामती कर्मचारीले उपचारका लागि अब सिभिल अस्पताल धाउनु नपर्ने भएको छ।

Tata
GBIME
Nepal Life

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले अब प्रदेशस्तरमै सिभिल अस्पतालको सेवा पाउने व्यवस्था गरेको छ।

मन्त्रालयले सिभिल अस्पतालको सेवा प्रदेशस्तरमा विस्तार गर्ने नीति अनुसार कर्मचारीलाई प्रदेशका अस्पतालबाट छुटसहितको सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको बताएको छ।

सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले काठमाडौं उपत्यका बाहिर कार्यरत तथा बसोबास गर्ने बहालवाला निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र आश्रित परिवारको सहजताका लागि प्रदेशस्तरबाटै सेवा दिने व्यवस्था मिलाएको बताइन्।

यसका लागि मन्त्रालयले पहिलो चरणमा दुई वटा अस्पतालसँग सम्झौता गरेको छ। मन्त्रालयले मधेस प्रदेशका लागि वीरगंजस्थित नारायणी अस्पताल र बागमती प्रदेशका लागि भरतपुर अस्पतालसँग सम्झौता गरेको हो।

ती अस्पतालमा बहालवाला र अवकाशप्राप्त कर्मचारीले सोमबारदेखि सिभिल अस्पतालमा सरह छुटसहित स्वास्थ्य सेवा पाउने छन्। 

अन्य प्रदेशका हकमा सेवा विस्तार गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वय गरी सेवा प्रदायक अस्पतालको सूचीकरण गरिसकेको मन्त्रालयले आइतबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।