लिपमोटर बी१० को मूल्य ५ लाख रुपैयाँ सस्तियो, स्पेयर टायर पनि पाइने

बिजमाण्डू
२०८३ जेठ २४ गते १५:५८ | Jun 7, 2026
लिपमोटर बी१० को मूल्य ५ लाख रुपैयाँ सस्तियो, स्पेयर टायर पनि पाइने


काठमाडौं। बजेटमा करको दर परिवर्तन भएसँगै लिपमोटर बी१० को मूल्य नेपाली बजारमा ५ लाख रुपैयाँले घटेको छ। आइतबार कम्पनीले एक कार्यक्रम आयोजना गर्दै उक्त गाडीको मूल्य घटाएको हो।

Vigo
GBIME
Tata

कम्पनीले लिपमोटर बी१० को टप भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ बनाएको छ। यसअघि यो भेरियन्टको एमआरपी ६० लाख रुपैयाँ थियो।

सरकारले विद्युतीय सवारीमा लाग्ने करको प्रणाली फेरेपछि यो गाडीको मूल्य सस्तो हुन गएको हो। यसअघि सरकारले मोटर पावरका आधारमा कर लिँदा १६० किलोवाट क्षमताको को गाडीमा धेरै कर लाग्दै आएको थियो।

नयाँ बजेटमार्फत सरकारले इभीमा मूल्यका आधारमा कर लगाउने नीति लिएको छ। अब भने यो गाडी २० देखि ३० लाखको स्लाबमा परेको छ। जसकारण यसमा पहिलेको तुलनामा कम कर लाग्नेछ।

कम्पनीले यसका साथै उक्त गाडीमा स्पेयर टायर पनि उपलब्ध गराउने घोषणा गरेको छ। यसअघि यक्त गाडीमा स्पेयर टायर उपलब्ध थिएन।