एनसेलका ग्राहकले अल्टिमा लाइफस्टाइलका ग्याजेटहरूको खरिदमा ६०% सम्म छुट पाउने



बिजमाण्डू
२०८३ जेठ २४ गते १५:३५ | Jun 7, 2026
एनसेलका ग्राहकले अल्टिमा लाइफस्टाइलका ग्याजेटहरूको खरिदमा ६०% सम्म छुट पाउने

काठमाडौं। एनसेलका ग्राहकहरूले अल्टिमा लाइफस्टाइलका विभिन्न सामानहरूको खरिदमा छुट पाउने भएका छन्। एनसेल र अल्टिमाबीच भएको साझेदारीअनुसार एनसेलका ग्राहकले ६० प्रतिशतसम्म छुट पाउने भएका हुन्।

Tata
GBIME
Nepal Life

साझेदारी पत्रमा एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपांग दत्ता र अल्टिमा लाइफस्टाइलका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवालले हस्ताक्षर गरेका छन्।

९९ रुपैयाँ वा सोभन्दा माथिको डेटा, भ्वाइस वा कम्बो प्याक उपभोग गरिरहेका एनसेलका प्रिपेड ग्राहक र रेन्टल प्लान सक्रिय रहेका पोस्टपेड ग्राहकहरू यो योजनाका लागि योग्य हुनेछन्। यसअन्तर्गत खरिद गरिने कुनै पनि सामानको डेलिभरी नेपालभर हुने व्यवस्था अल्टिमा लाइफस्टाइले गरेको छ।

एनसेल एपबाट मात्र संचालनमा ल्याइएको योजनाअन्तर्गत एनसेल ग्राहकहरूले अल्टिमाको साउन्ड बार, स्पिकर, वायरलेस एअर बड, स्मार्टवाच, पावर ब्याङ्क लगायतका डिभाइसहरूमा छुट प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

यो योजनाको लाभ उठाउन ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको एनसेल एप खोलेर पार्टनर्ड सर्भिसेसमा गई अल्टिमा लाइफस्टाइल छान्नु पर्छ। प्रयोगकर्ताको नाममा दर्ता भएको मोबाइल नम्बर मार्फत स्वतः योग्यता जाँच हुन्छ र ग्राहकले छुट सहितको तिर्नुपर्ने मूल्य एनसेल एपमै देखिन्छ।

‘अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट प्रदान गर्ने योजना संचालनमा ल्याउन पाएकोमा उत्साहित छौँ,’ एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर दत्ताले भने, ‘अल्टिमा लाइफस्टाइलसँगको यो सहकार्यले हाम्रा ग्राहकहरूको डिजिटल जीवनशैलीलाई अझ समृद्ध बनाउन मद्दत गर्नेछ।’

९९ रुपैयाँ वा सोभन्दा माथिको कुनै पनि प्याक खरिद गरेका ग्राहकले आफ्नो आवश्यकता अनुरुपका ग्याजेटमा छुट पाउन सक्नेछन्। योजनाका लागि योग्य रहेको प्याक वा रेन्टल प्लान सक्रिय रहेको अवधिभर यो छुटलाई ग्राहकले पटक-पटक उपयोग गर्न सक्ने बताइएको छ।