मौद्रिक नीति असार १५ भित्र ल्याउने राष्ट्र बैंकको तयारी, ५ गतेसम्म सुझाव पठाउन आग्रह



बिजमाण्डू
२०८३ जेठ २२ गते १५:११ | Jun 5, 2026
मौद्रिक नीति असार १५ भित्र ल्याउने राष्ट्र बैंकको तयारी, ५ गतेसम्म सुझाव पठाउन आग्रह

काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमाका लागि सरोकारवाला तथा सर्वसाधारणसँग सुझाव मागेको छ।

Tata
GBIME
Nepal Life

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको ८ दिनपछि राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी सुरु गरेको हो। राष्ट्र बैंकले असार १५ भित्रै मौद्रिक नीति ल्याउने तयारी गरेको छ।

राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै मौद्रिक नीतिका लागि सुझाव मागेको हो। इच्छुक व्यक्ति, व्यवसायी, वित्तीय क्षेत्रका सरोकारवाला तथा सर्वसाधारणले असार ५ गतेभित्र आफ्नो राय तथा सुझाव राष्ट्र बैंकमा पठाउन सक्नेछन्।

सुझाव इमेलमार्फत समेत पठाउन सकिने बैंकले जनाएको छ। राष्ट्र बैंकले प्राप्त सुझाव अध्ययन तथा विश्लेषणपछि आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गर्नेछ।