नवीकरणमा नआउँदा दूरसञ्चार प्राधिकरणद्वारा टीपी लिंक नेटवर्कको अनुमतिपत्र खारेज



बिजमाण्डू
२०८३ जेठ २१ गते १३:०१ | Jun 4, 2026
नवीकरणमा नआउँदा दूरसञ्चार प्राधिकरणद्वारा टीपी लिंक नेटवर्कको अनुमतिपत्र खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पोखरास्थित इन्टरनेट सेवा प्रदायक संस्था टीपी लिंक नेटवर्क प्रालिको अनुमतिपत्र खारेज गरेको छ। पोखरा-८ मा मुख्य कार्यालय रहेको कम्पनीले तोकिएको समयभित्र अनुमतिपत्र नवीकरण नगरेपछि खारेज गरिएको प्राधिकरणले बिहीबार जनाएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले २०७३ जेठ ७ मा इन्टरनेट (इमेलसहित) सेवा सञ्चालनको अनुमति पाएको थियो। अनुमति नवीकरणका लागि आवश्यक प्रक्रिया र आवेदन तोकिएको म्यादभित्र पेस गरेको थिएन। दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) मा नवीकरण नभएको खण्डमा स्वतः अनुमतिपत्र खारेज हुने प्रावधान छ ।

अनुमतिपत्र खारेज भए पनि कम्पनीले प्राधिकरणलाई तिर्न वा बुझाउन बाँकी रहेको बक्यौता तथा अन्य आर्थिक दायित्व यथावत छ। प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित कम्पनीलाई सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र कार्यालयमा सम्पर्क गरी बाँकी बक्यौता चुक्ता गर्न भनेको छ।

तोकिएको समयसीमाभित्र कम्पनीले सम्पर्क नगरेमा प्रचलित कानुनबमोजिम थप कडा कारबाही प्रक्रिया अगाडि बढाउने प्राधिकरणले सूचनामार्फत उल्लेख गरेको छ ।