इभी आयातमा थपियो स्वच्छ पूर्वाधार शुल्क, चार्जिङ र ब्याट्री रिसाइकल पूर्वाधारमा खर्चिने

बिजमाण्डू
२०८३ जेठ १५ गते १८:१० | May 29, 2026
इभी आयातमा थपियो स्वच्छ पूर्वाधार शुल्क, चार्जिङ र ब्याट्री रिसाइकल पूर्वाधारमा खर्चिने


काठमाडौं। चार्जिङ र ब्याट्री रिसाइकलको पूर्वाधार निर्माण गर्न विद्यूतीय सवारीसाधनमा आयातमा थपियो स्वच्छ पूर्वाधार लगानी शुल्क लगाइएको छ।

Vigo
GBIME
Tata

संसद्मा शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने बताए। उनका अनुसार उक्त शुल्क भन्सार विन्दुमा लाग्ने व्यवस्था हुनेछ।

उक्त शुल्कबाट सरकारले इभीको लागि आवश्यक पर्ने चार्जिङ पूर्वाधार र ब्याट्री रिसाइकल पूर्वाधार निर्माणमा खर्च गर्ने बताए। गाडीको बिक्रीमा किलोवाट क्षमताको साटो मूल्यका आधारमा कर लिने घोषणा गरेको सरकारले इभीका लागि पूर्वाधार आवश्यक हुनेमा गम्भीरता देखाएको छ।

सरकारको घोषणाले विद्युतीय सवारीको बजार प्रभावित हुने भएको छ। इभीको बढ्दो प्रयोगसँगै मुलुकका विभिन्न भागमा चार्जिङ पूर्वाधार बिस्तारको क्रममा छ।