परराष्ट्रले सार्वजनिक गर्‍यो विदेशमा रहेका नेपालीहरुका लागि ‘मोफा मित्र’ एप

बिजमाण्डू
२०८३ जेठ १२ गते १७:३९ | May 26, 2026
परराष्ट्रले सार्वजनिक गर्‍यो विदेशमा रहेका नेपालीहरुका लागि ‘मोफा मित्र’ एप


परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपालीहरुलाई लक्षित गर्दै एप सार्वजनिक गरेको छ।

Vigo
GBIME
Tata

आज मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले ‘मोफा मित्र’ एप सार्वजनिक गरेका हुन्।

कन्सुलर सेवा विभागले ल्याएको यो एपबाट विदेशमा रहेका नेपालीहरुले आफ्ना उजुरी र समस्याहरु सिधै राख्न पाउनेछन्। साथै, विदेशमा रहेका नेपालीका आफन्तहरुले पनि यसबाट आफ्ना कुराहरु राख्न पाउनेछन्।

यो एपबाट विदेशमा रहेका नेपालीहरुको गुनासो सुन्ने र समाधान गर्न सहज हुने अपेक्षा मन्त्रालयको छ।