१० महिनामा १६ खर्बको वस्तु आयात, सबैभन्दा बढी डिजेल र क्रुड सोयाबिन आयल भित्रियो



बिजमाण्डू
२०८३ जेठ ८ गते १२:५७ | May 22, 2026
१० महिनामा १६ खर्बको वस्तु आयात, सबैभन्दा बढी डिजेल र क्रुड सोयाबिन आयल भित्रियो


काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा १६ खर्बको वस्तु आयात भएको छ। सबैभन्दा बढी आयात डिजेल र क्रुड सोयाबिन आयल भित्रिएको छ।

Tata
GBIME

भन्सार विभागले जारी गरेको १० महिनाको आयात तथ्यांक अनुसार एक खर्ब ३० अर्ब रुपैयाँको ११ लाख ४४ हजार केएल डिजेल आयात भएको छ।

त्यस्तै, १ खर्ब ६ अर्ब रुपैयाँको ६५ करोड ५६ लाख लिटर क्रुड सोयाबिन आयल आयात भएको छ।

सोही अवधिमा ४८ अर्बको एक अर्ब १० करोड केजी स्पन्ज आइन आयात भएको छ। खाना पकाउने ग्यास (एलपिजी) ४६ खर्ब १३ करोड रुपैयाँको ४४ करोड ३१ लाख ३७ हजार केजी आयात भएको छ।

साथै, ३९ अर्ब ३९ करोड रुपैयाँको १८ लाख ६३ हजार थान स्मार्टफोन आयात भएको छ। २५ अर्ब ७८ करोड रुपैयाँको १३५४ केजी सुन आयात भएको छ।

गत वर्ष सोही अवधिमा एक खर्ब २ अर्ब रुपैयाँको ११ लाख ४७ हजार केएल डिजेल आयात भएको थियो। ८१ अर्ब ८९ करोड रुपैयाँको ५३ करोड ९५ लाख लिटर क्रुड सोयाबिनको आयल आयात भएको थियो। त्यस्तै, ५३ अर्बको ६ लाख १२ हजार केएल पेट्रोल र ५१ अर्ब ८१ करोड रुपैयँको ४५ करोड ६८ लाख केजी ग्यास आयात भएको थियो।