सोयाबिन आयलको निर्यात एक खर्ब माथि, अलैंची निर्यात पनि ७१ प्रतिशतले बढ्यो



बिजमाण्डू
२०८३ जेठ ८ गते १२:५२ | May 22, 2026
सोयाबिन आयलको निर्यात एक खर्ब माथि, अलैंची निर्यात पनि ७१ प्रतिशतले बढ्यो


काठमाडौं। चालु आर्थिक वर्षको १० महिनामा सोयाबिन आयल र अलैंचीको निर्यात बढेको छ। साउन देखि बैशाखसम्म एक खर्ब एक अर्ब रुपैयाँको ४७ करोड ८९ लाख केजी सोयाबिन आयल भारतमा निर्यात भएको छ।

Tata
GBIME

गत वर्ष सोही अवधिमा ७८ अर्ब ७५ करोड रुपैयाँको ३७ करोड ४० लाख केजी सोयाबिन आयल निर्यात भएको थियो। गत वर्षको तुलनामा सोयाबिन आयलको निर्यात २८ प्रतिशतले बढेको हो।

अलैंचीको निर्यात गत वर्षको भन्दा ७१ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको १० महिनामा ११ अर्ब ४२ करोड रुपैयाँको ५७  लाख केजी अलैंची निर्यात भएको छ। गत वर्ष सोही अवधिमा ६ अर्ब ६७ करोड रुपैयाँको ३६ लाख केजी अलैंची निर्यात भएको थियो।

त्यस्तै, १० महिनामा ८ अर्ब ४८ करोड रुपैयाँको गलैंचा निर्यात भएको छ। गलैंचा निर्यात गत वर्षको भन्दा घटेको छ। गत वर्ष सोही अवधिमा ८ अर्ब ८४ करोड रुपैयाँको निर्यात भएको थियो।

साथै, ७ अर्ब ४१ करोड रुपैयाँको ६ करोड २५ लाख लिटर सनफ्लावर तेल निर्यात भएको छ। ५ अर्ब ५६ करोड रुपैयाँको पाम ओलिन निर्यात भएको छ।