ग्यालेक्सी एस२६ प्लसमा २३ हजार रुपैयाँ क्यासब्याक, जुन ३१ सम्म अफर लागू हुने



बिजमाण्डू
२०८३ जेठ ५ गते १७:२४ | May 19, 2026
ग्यालेक्सी एस२६ प्लसमा २३ हजार रुपैयाँ क्यासब्याक, जुन ३१ सम्म अफर लागू हुने


काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस२६ प्लसमा सीमित अवधिका लागि क्यास ब्याक अफर ल्याएको छ।

Tata
GBIME

प्रिमियम र इमर्सिभ स्मार्टफोन अनुभव खोजिरहेका ग्राहकहरुका लागि डिजाइन गरिएको ग्यालेक्सी एस२६ प्लसले सामसङको प्लस डिजाइनद्वारा प्रदर्शन, आराम र नवीनताको राम्रो सन्तुलन दिने कम्पनीले जनाएको छ।

ग्यालेक्सी एस२६ सिरिजका प्रमुख मोडेलमध्ये एक भएकोले यो अफरले ग्राहकहरुका बदलिँदो आवश्यकतासँग मिल्ने उत्पादन र अनुभव दिन सामसङ प्रतिबद्धता देखाउने कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो।

सीमित अवधिको अफर अन्तर्गत ग्यालेक्सी एस२६ प्लस खरिद गर्दा ग्राहकहरूले २३ हजार रुपैयाँको इन्स्ट्यान्ट क्यासब्याक पाउनेछन्। यससँगै फोनको विशेष अफर मूल्य १ लाख ८२ हजार ९९९ बाट घटेर १ लाख ५९ हजार ९९९ रुपैयाँ हुन्छ।

यो अफर १९ मे देखि ३१ जुन सम्म मान्य हुने कम्पनीले जनाएको छ।

यसको खरिद अझ सजिलो बनाउन सामसङ नेपालले एचएफएल मार्फत इन्स्टा फाइनान्सबाट २४ महिनासम्मको सजिलो इएमआई सुविधा पनि दिइरहेको जनाएको छ। मासिक किस्ता ४ हजार ३४१ रुपैयाँबाट किस्तामा यो फोन लिन सकिन्छ।

ग्राहकहरूले भेरिफिकेसनका लागि नागरिकता देखाएर यो सुविधा सजिलै पाउन सक्ने कम्पनीले जनाएको हो।