आन्तरिक राजस्व कार्यालय भद्रपुरबाट १० महिनामा ३ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन



बिजमाण्डू
२०८३ जेठ ५ गते ०७:०१ | May 19, 2026
आन्तरिक राजस्व कार्यालय भद्रपुरबाट १० महिनामा ३ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन


काठमाडौं । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा ३ अर्ब ६१ करोड ८४ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

Tata
GBIME

कार्यालयका कर अधिकृत डिल्लीराम चम्लागाईका अनुसार चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म ४ अर्ब ४० करोड १५ लाख ४० हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएको थियो।

बैशाख महिनामा मात्र ४२ करोड ८५ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८३.८७ प्रतिशत मात्र संकलन भएको उनले जानकारी दिए।

कार्यालयका तथ्यांक अनुसार चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा आयकरबाट एक अर्ब ६८ करोड ६८ लाख ६७ हजार, मूल्य अभिवृद्धि करबाट एक अर्ब २८ करोड ८० लाख १० हजार तथा अन्तःशुल्कबाट ४९ करोड ९७ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

कार्यालयले करदाता सचेतना, नियमित अनुगमन तथा कर प्रशासनलाई प्रभावकारी बनाउँदै राजस्व सङ्कलन वृद्धि गर्ने प्रयास जारी रहेको जनाएको छ। रासस