काठमाडौं। ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ। ३४०० मिटर उचाइमा रहेको उक्त क्षेत्रमा शनिबारदेखि सेवा सुरु भएको हो।
दुर्गम क्षेत्रहरुका सेवा विस्तारको क्रम अन्तर्गत यसअघि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका तथा ठूलीभेरी नगरपालिका १, दुनै क्षेत्रमा सेवा केही दिनअघि सञ्चालनमा ल्याइएको थियो।यी क्षेत्र समुद्री सतहबाट ३९०० मिटर उचाइमा छन्।
टेलिकमले बाजुराको बडिमालिका मन्दिर क्षेत्रमा पनि सेवा विस्तारको तयारी गरिरहेको छ। साथै, सगरमाथा आधार शिविर क्षेत्रमा सेवा विस्तारका लागि अध्ययन कार्य भइरहेको टेलिकमले जनाएको छ।








