नेपाल टस हारेर फिल्डिङमा: विनोद र अर्जुनको स्थानमा कुशल र इशान प्लेइङ ११मा



बिजमाण्डू
२०८३ जेठ २ गते ०९:११ | May 16, 2026
नेपाल टस हारेर फिल्डिङमा: विनोद र अर्जुनको स्थानमा कुशल र इशान प्लेइङ ११मा
फिल्डिङमा नेपाल। फाइल फोटो: क्यान


काठमाडौं। अमेरिकाले नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय सिरिजको खेलमा टस जितेर अमेरिकाले ब्याटिङ रोजेको हो।

Tata
GBIME

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ। टोलीमा कुशल भुर्तेलले पुनरागमन गर्दा इशान पाण्डे पनि प्लेइङ ११मा आएका छन्। त्यस्तै, करण केसीको स्थानमा सोमपाल कामी टिममा छन्।

भीम सार्की, अर्जुन कुमाल, करण केसी र विनोद भण्डारी आज बेन्चमा छन्। जारी सिरिजमा अमेरिका र नेपाल दुबैले पहिलो खेल स्कटल्याण्डसँग गुमाएका थिए। अमेरिका शीर्षस्थानमा पुग्ने लक्ष्यमा छ भने नेपाल २० अंक बनाएर छैटौं स्थानको क्यानडासँग अंकदूरी घटाउने प्रयासमा हुनेछ।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आशिफ शेख, इशान पाण्डे, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सनकुमार झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललितनारायण राजवंशी