काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा १७९ कार्यालयको लेखा परीक्षण हुन नसकेको जनाएको छ।
महालेखाको ६३औं प्रतिवेदनअनुसार भदौ २३ र २४ मा भएको आन्दोलन र घटनाको कारण १७९ कार्यालय तथा निकायले लेखा र सोसम्बन्धी स्रेस्ता पेस गरेका थिएनन्।
जसले गर्दा १ खर्ब ४७ अर्ब ९० करोडको लेखापरीक्षण नगरिएको महालेखाले जनाएको छ।
गत आर्थिक वर्षमा संघ प्रदेश, स्थानीय तह र अन्य संस्था तथा समिति समेतको ९४ खर्ब ८४ अर्ब ५० करोडको लेखापरीक्षण सम्पन्न भएको छ।
गत वर्ष संघतर्फका ३ हजार ४७, प्रदेशका १ हजार १२४ कार्यालय र स्थानीय तहतर्फ ७२१ को लेखापरीक्षण भएको छ। त्यस्तै ५७७ समिति र १३३ संस्थाको लेखापरीक्षण गरिएको कार्यालयले जनाएको छ।










