जेएसडब्लु एमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनबीच रणनीतिक वितरण साझेदारी

बिजमाण्डू
२०८३ बैशाख २९ गते ०८:०६ | May 12, 2026
जेएसडब्लु एमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनबीच रणनीतिक वितरण साझेदारी


जेएसडब्लु एमजी मोटर इन्डियाले गोल्छा अर्गनाइजेशनसँगको रणनीतिक वितरण साझेदारीमार्फत नेपालमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाएको छ।

Vigo
GBIME
Tata

यस सहकार्यसँगै काठमाडौंको थापाथलीमा नयाँ एमजी डिलरशिप सञ्चालनमा आएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो सहकार्यले नेपाली बजारमा एमजी ब्रान्डको थप व्यवस्थित र ग्राहककेन्द्रित उपस्थितिको आधार तयार गर्नेछ।

यस साझेदारीअन्तर्गत सञ्चालनमा आएको नयाँ एमजी डिलरशिपमार्फत ग्राहकहरूले एमजीका प्रविधिमैत्री तथा विशेषतायुक्त गाडीहरू अनुभव गर्न सक्नेछन्। शोरुममा एमजी कमेट र एमजी विन्डसर लगायतका प्रमुख मोडलहरू उपलब्ध छन्। यसले विभिन्न सेग्मेन्टका ग्राहकहरूको फरक फरक मोबिलिटी आवश्यकताहरू पूरा गर्ने कम्पनीको विश्वास छ।

नेपालमा स्मार्ट तथा दिगो मोबिलिटी समाधानप्रति बढ्दो माग र ग्राहक अपेक्षामा आएको परिवर्तनका कारण नेपाल एमजीका लागि महत्वपूर्ण बजारका रूपमा अघि बढिरहेको कम्पनीले जनाएको छ।

यस साझेदारीमार्फत एमजीले आफ्ना गाडीहरूलाई ग्राहकसम्म अझ नजिक पुर्‍याउनुका साथै देशभर सेवा तथा बिक्रीपछिको सुविधालाई थप सुदृढ र पहुँचयोग्य बनाउने लक्ष्य लिएको छ। कम्पनीले बलियो स्थानीय उपस्थिति र थप प्रभावकारी ग्राहक सहयोगमार्फत ग्राहकलाई सहज, भरपर्दो र विश्वस्त स्वामित्व अनुभव प्रदान गर्ने जनाएको छ।

नेपालका लागि डिलर प्रिन्सिपल आकाश गोल्छाले भने, ‘जेएसडब्लु एमजी मोटर इन्डियासँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं। एमजीका विश्वस्तरीय गाडीहरू नेपाली ग्राहकसमक्ष ल्याउन पाउनु हाम्रो लागि महत्वपूर्ण अवसर हो। आधुनिक पूर्वाधार र उत्कृष्ट ग्राहक सेवामा केन्द्रित भएर यो डिलरशिप तयार गरिएको हो। प्रविधि, डिजाइन र दिगोपनको संयोजन रहेको एमजीको पोर्टफोलियो नेपाली ग्राहकहरूको चाहना र आकांक्षासँग राम्रोसँग मेल खानेमा हामी विश्वस्त छौं। नेपाली बजारमा एमजी ब्रान्डको बलियो र दीर्घकालीन उपस्थिति निर्माण गर्ने हाम्रो लक्ष्य रहेको छ।’

जी.ओ. अटोमोबाइल्सले सीमित अवधिका लागि एमजीका गाडीहरूमा विशेष प्रारम्भिक मूल्य पनि घोषणा गरेको छ। यसअन्तर्गत एमजी कमेट ईभीको प्रारम्भिक मूल्य १८ लाख ७५ हजार रुपैयाँ तोकिएको छ भने एमजी विन्डसर ईभी ३९ लाख ७५ हजार रुपैयाँबाट उपलब्ध हुनेछ। कम्पनीका अनुसार यो आकर्षक मूल्य प्रस्तावमार्फत ग्राहकहरूले कम्प्याक्ट शहरी ईभीदेखि प्रिमियम एसयूभी प्रदर्शनसम्मका विभिन्न विकल्पहरू रोज्न सक्नेछन्।

कम्पनीले यस लन्चसँगै नेपालमा एमजी ब्रान्डको नयाँ अध्याय सुरु भएको जनाएको छ। नवप्रवर्तन, दिगोपन र आधुनिक डिजाइनलाई एकसाथ अघि बढाउँदै एमजीले नेपालको मोबिलिटी भविष्यलाई नयाँ रूपमा परिभाषित गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ।