काठमाडौं । सरकारले तयारी सम्पन्न भएका आयोजनालाई मात्रै बजेट विनियोजना गर्ने जनाएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व तयारी सकिएका आयोजनालाई मात्रै बजेटमा समावेश गर्ने बताएका हुन्।
यसअनुसार अबदेखि जग्गा अधिग्रहण, मुआब्जा, वातावरणीय प्रभावजस्ता तयारीका काम पहिल्यै सम्पन्न हुनुपर्नेछ। यसअघि शून्यमा रहेको आयोजनालाई पनि बजेट विनियोजन गर्ने चलन थियो।
तयारीविनाको आयोजनालाई बजेट दिंदा खर्चमै समस्या भएको विज्ञहरूले बताउने गरेका छन्। तयारी सकिएका आयोजनालाई मात्रै बजेट दिंदा तत्काल थप प्रक्रिया अगाडि बढाउन सकिने सरकारको बझाइ छ।
यससँगै सरकारले साउनबाटै खरिद प्रक्रिया पनि अगाडि बढाउन सकिने जनाएको छ। नयाँ आर्थिक वर्ष सुरु हुने भए पनि सामान्यता कार्तिक-मंसिरपछि मात्रै खरिद प्रक्रिया अगाडि बढ्ने गरेको थियो।










