गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण संचालन गर्न कूटनीतिक पहल गरिने



बिजमाण्डू
२०८३ बैशाख २८ गते १७:१३ | May 11, 2026
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण संचालन गर्न कूटनीतिक पहल गरिने


काठमाडौं । सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा संचालनमा ल्याउन कूटनीतिक पहल गर्ने जनाएको छ।

Tata
GBIME

सोमबार नीति तथा कार्यक्रममार्फत सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई आकर्षण गर्न कूटनीतिक पहल गर्ने जनाएको हो। यी विमानस्थल संचालनमा आए पनि हाल आन्तरिक उडान मै सीमित छन्।

आगामी आ‍र्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसका लागि वन भूमि तथा वातावरण सम्बन्धी कानुन संशोधन गर्ने बताएका हुन्।

हवाई पूर्वाधार विस्तार र अन्तर्राष्ट्रिय विमानस्थलहरुको पूर्ण संचालन र आधुनिकरण गरि भरपर्दो र प्रतिस्पर्धी हवाई सेवाको विकास गरिने उल्लेख गरिएको छ।

नागरिक उड्ययन क्षेत्रमा संचरनात्मक सुधार र निजी क्षेत्रको सहभागिता विस्तार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा छ।

अन्तराष्ट्रिय विमान स्थलमा इगेट प्रणाली जडान गरि यात्रुको प्रतिक्षा समय घटाइने नीति लिइएको छ। पर्यटक भिसा सेवालाई पूर्ण रुपमा अनलाईन प्रणालीमा आवद्ध गरिने भनिएको छ।