अमेरिकासामू नेपाल ‘ए’ले प्रस्तुत गर्‍यो बलियो लक्ष्य, जोराको सानदार शतक



बिजमाण्डू
२०८३ बैशाख २८ गते १३:२८ | May 11, 2026
अमेरिकासामू नेपाल ‘ए’ले प्रस्तुत गर्‍यो बलियो लक्ष्य, जोराको सानदार शतक
शतकपछि सन्दीप जोरा। तस्बिर: क्यान


काठमाडौं। नेपाल ‘ए’ ले अमेरिकाविरुद्ध बलियो लक्ष्य प्रस्तुत गरेको छ। मुलपानी क्रिकेट मैदानमा आज जारी अभ्यास खेलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले इनिङ्सको अन्तिम बल बाँकी छँदा अलआउट हुँदै २६४ रन बनाएको हो।

Tata
GBIME

ओपनरद्वय अनिलकुमार साह र तृतराज दास समान ९ रन बनाएर पभेलियन फर्किँदा तेस्रो नम्बरमा आएका मयन यादव पनि २४ रन बनाएर रनआउट भए। त्यसपछि नेपालको इनिङ्स अघि बढाउने जिम्मेवारी लिए सन्दीप जोराले। उनले शतकीय इनिङ्स खेल्दै ११५ बलममा १११ रन बनाए। त्यस्तै बसीर अहमदले ३८ तथा पवन सर्राफले २० रन बनाए।

बलिङमा अमेरिकाका सौरभ नेत्रभाल्करले सर्वाधिक ३ विकेट लिँदा जसदीप सिंहले २ तथा शुभम रञ्जनी, मोहम्मद मोसिन, मिलिन्द कुमार र रुसिल उगाकारले समान १ विकेट लिए।

अमेरिका जवाफी ब्याटिङमा उत्रिँदैछ।