मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफको होडबाट बाहिरिएको छ। आईपीएलको गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लुरुले मुम्बईलाई अन्तिम बलमा पुगेर २ विकेटले हराएपछि मुम्बई बाहिरिएको हो।
मुम्बईसँगै तालिकाको पुछारमा लखनउ पनि औपचारिक रुपमा प्लेअफको होडबाट बाहिरिएको छ। यी दुबै टोलीलको ११ खेलबाट खातामा ६ अंक छ जबकी शीर्ष तीनमा रहेका बेङ्ग्लुरु, हैदराबाद र गुजरातको समान १४ तथा चौथो स्थानको पञ्जावको १३ अंक छ।
गएराति सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६६ रन बनाएको थियो। यसक्रममा तिलक वर्माले सर्वाधिक ५७ रन बनाउँदा नमन धीरले ४७ तथा रोहित शर्माले २२ रन बनाए। बलिङमा बेङ्ग्लुरुका भुवनेश्वरकुमारले सर्वाधिक ४ विकेट लिँदा रसिक सलाम, जोस हेजलवुड र रोमारियो सेपार्डले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लुरुले अन्तिम बलसम्म खेल्दै ८ विकेट गुमाएर लक्ष्य भेट्टायो। बेङ्ग्लुरुका लागि क्रुणाल पाण्ड्याले सर्वाधिक ७३ रन बनाउँदा जेकोब बेथेलले २७ तथा जितेश शर्माले १८ रन बनाए। बलिङमा गुजरातका कोर्बिनो बोचले ४, दीपक चहरले २ तथा एएम गजानफर र राज बावाले १ विकेट लिए पनि बेङ्ग्लुरुलाई रोक्न भने सकेनन्।
आईपीएलमा आज पञ्जाव किंग्स र दिल्ली क्यापिटल्स भिड्नेछन्।










