नेपाल टेलिकमले पाथीभरामा सञ्चालनमा ल्यायो फोरजी सेवा, पर्यटन प्रवर्धनमा टेवा पुग्ने

बिजमाण्डू
२०८३ बैशाख २२ गते १८:३६ | May 5, 2026
नेपाल टेलिकमले पाथीभरामा सञ्चालनमा ल्यायो फोरजी सेवा, पर्यटन प्रवर्धनमा टेवा पुग्ने


काठमाडौं। नेपाल टेलिकमले ताप्लेजुङको पाथीभरामा फोरजी सेवा सञ्चालनमा ल्याएको छ।

Vigo
GBIME
Tata

टेलिमकले मन्दिर आसपासका स्थानीय तहलाई समेट्ने गरी फोरजी सेवा सोमबारदेखि सञ्चालनमा ल्याएको हो।

समुद्री सतहबाट ३ हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा क्षेत्रमा नेटवर्क विस्तारसँगै फुङलिङ नगरपालिका तथा फक्ताङलुङ, सिरीजङ्घा र पाथीभरा याङ्वरक गाउँपालिकाका स्थानीयका साथै पाथीभरा दर्शन गर्न जाने हजारौं भक्तजन लाभान्वित हुने टेलिकमले जनाएको छ।

सञ्चार सुविधाको उपलब्धताले पाथीभरामा पर्यटन प्रवर्धनमा टेवा पुग्नेछ। सेवाग्राहीले क्यूआर कोड लगायत डिजिटल माध्यमबाट भुक्तानी गर्न पाउनेछन्।