वुलिङ इभीका चार नयाँ मोडल भित्र्याउँदै प्यारामाउन्ट मोटर्स, एसयूभीदेखि कम्प्याक्ट कारसम्म

बिजमाण्डू
२०८३ बैशाख १६ गते १८:५४ | Apr 29, 2026
वुलिङ इभीका चार नयाँ मोडल भित्र्याउँदै प्यारामाउन्ट मोटर्स, एसयूभीदेखि कम्प्याक्ट कारसम्म


काठमाडौं। प्यारामाउन्ट मोटर्सले आफ्नो विद्युतीय सवारी पोर्टफोलियोलाई थप विस्तार गर्ने घोषणा गरेको छ।

Vigo
GBIME
Tata

नेपालका लागि ‘वुलिङ मोटर्स’को आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले विश्वप्रसिद्ध अटोमोबाइल समूह वुलिङको प्रविधि र साझेदारीमा निर्मित चारवटा नयाँ मोडेल छिट्टै नेपाल भित्र्याउन लागेको बताएको छ।

कम्पनीले एक्सियन इभी, वुलिङ मिनी इभी, डेरियन एमपीभी इभी र बिंगो इभीको परिष्कृत मोडल भित्र्याउन लागेको हो।

कम्पनीका अनुसार एक्सियन इभी ७ सिटर प्रिमियम एसयूभी हो। यो एसयूभीमा ६९.२ किलोवाटको म्याजिक ब्याट्री प्रो छ, जसले एक पटकको फुल चार्जमा ५३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। सुरक्षाका लागि यसमा ३६० डिग्री क्यामेरा र अत्याधुनिक एडास प्रणाली समावेश छन।

वुलिङ मिनी इभी ४ ढोका भएको कम्प्याक्ट कार हो। शहरी क्षेत्रका लागि उपयुक्त मानिने यो कारले ३०१ किलोमिटरसम्मको रेन्ज दिन्छ। यसमा डीसी फास्ट चार्जिङको सुविधा उपलब्ध छ।

डेरियन एमपीभी इभी विलासी यात्रा रुचाउनेहरुका लागि हो। लामो दूरीको यात्रा र प्रिमियम अनुभवका लागि यो ७ सिटर गाडी उत्कृष्ट विकल्प हुने कम्पनीले जनाएको छ। यसले एक पटकको फुलचार्जमा ५४० किलोमिटरसम्मको रेन्ज दिन्छ। स्लाइडिङ ढोका र विलासी आन्तरिक सजावट यसका मुख्य विशेषता हुन्।

यस्तै नेपाली सडकमा लोकप्रिय ह्याचब्याक बिङ्गो इभी अब थप शक्ति र परिष्कृत सुविधाका साथ आउने कम्पनीले जनाएको छ। यो मोडेल ३१.९ किलोवाट र ३७.९ किलोवाट ब्याट्री विकल्पमा उपलब्ध हुनेछ।