सेप्टेम्बरदेखि एप्पलको नयाँ सिइओमा जोन टर्नस, टिम कुक कार्यकारी अध्यक्ष

बिजमाण्डू
२०८३ बैशाख ८ गते १५:४८ | Apr 21, 2026
सेप्टेम्बरदेखि एप्पलको नयाँ सिइओमा जोन टर्नस, टिम कुक कार्यकारी अध्यक्ष
Photo : Variety


एप्पलले जोन टर्नसलाई नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। १५ वर्ष टेक जायन्ट संचालन गरेका टिम कुकको स्थानमा जोनलाई ल्याइएको हो।

Vigo
GBIME
Tata

जोन २५ वर्षदेखि एप्पलमा कार्यरत छन्। उनी हाल हार्डवेयर इन्जिनियरिङ विभागका प्रमुख छन्। जोनले सेप्टेम्बर १ देखि प्रुमख कार्यकारीको पद सम्हाल्नेछन्।

टिम कुन भने कार्यकारी अध्यक्षको भूमिकामा रहनेछन्। टिम सन् २०११ मा एप्पलको प्रमुख कार्यकारी अधिकृत भएका थिए। स्टिभ जभ्सले स्वास्थ्यको कारण राजीनामा दिएपछि कुकले एप्पलको नेतृत्व गरेका थिए।