चैतमा मात्रै १ लाख ४५ हजार स्मार्टफोन भित्रियो, ९ महिनामा पोहोरभन्दा बढी आयात

बिजमाण्डू
२०८३ बैशाख ७ गते १८:०३ | Apr 20, 2026
चैतमा मात्रै १ लाख ४५ हजार स्मार्टफोन भित्रियो, ९ महिनामा पोहोरभन्दा बढी आयात


काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा स्मार्टफोनको आयात बढेको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ९ महिनामा अघिल्लो आर्थिक वर्षको ९ महिना भन्दा ८९ हजार २९३ थान स्मार्टफोन बढी आयात भएको हो ।

Vigo
GBIME
Tata

गत अर्थिक वर्ष १५ लाख ८४ हजार ९५६ थान स्मार्ट फोन आयात हुँदा चालू आर्थिक वर्ष सो अवधिमा १६ लाख ७४ हजार २४९ थान फोन भित्रिएको छ। चैत महिनामा मात्रै ३ अर्ब ८८ करोड ६६ लाख ३९ हजार रुपैयाँ बराबरको १ लाख ४५ हजार ७५४ थान स्मार्टफोन आयात भएको छ।

विभागको अनुसार ९ महिनामा ३३ अर्ब ८२ करोड २५ लाख ८५ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। गत आर्थिक वर्षको अवधिमा २५ अर्ब ३८ करोड ४४ लाख ७७ हजार रुपैयाँ बराबरको फोन आयात भएको थियो।

चीनबाट २५ अर्ब ६५ करोड ६२ लाख ७६ हजार रुपैयाँ बराबरको १४ लाख १० हजार ९३५ थान स्मार्टफोन आयात भएको तथ्यांकबाट देखिन्छ। गत आर्थिक वर्ष सोही अवधिमा १७ अर्ब २६ करोड ६० लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ४७ हजार ५५८ थान स्मार्टफोन चीनबाट आयात भएको थियो।

त्यस्तै, भारतबाट ७ अर्ब ५९ करोड ४८ लाख ५१ हजार रुपैयाँ बराबरको २ लाख ५५ हजार ८२० थान स्मार्टफोन आयात भएको छ।

स्मार्टफोन आयातबाट ९ महिनामा ६ अर्ब ३० करोड ८७ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्ष सो अवधिमा ४ अर्ब ७३ करोड १५ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।