थ्रीजी सेवालाई धमाधम फोरजीमा रूपान्तरण गर्दै नेपाल टेलिकम, सिम परिवर्तन नि:शुल्क



बिजमाण्डू
२०८२ चैत्र १८ गते १५:१७ | Apr 1, 2026
थ्रीजी सेवालाई धमाधम फोरजीमा रूपान्तरण गर्दै नेपाल टेलिकम, सिम परिवर्तन नि:शुल्क


काठमाडौं। नेपाल टेलिकमले थ्रीजी सेवालाई क्रमिक रूपमा बन्द गरी फोरजीमा रूपान्तरण गर्ने कामलाई तीव्रता दिएको छ।

Tata
GBIME

थ्रीजीभन्दा फोरजी प्रविधिमा इन्टरनेटको गति र सेवाको गुणस्तर सुधार हुने भएकाले यसबाट ग्राहकलाई फाइदा हुने टेलिकमले बताएको छ।

टेलिकमले थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकलाई सिम परिवर्तनका लागि भ्वाइस कल तथा एसएमएसमार्फत जानकारी गराइएको बताएको छ।

ग्राहकले आफ्नो पुरानो सिमलाई फोरजी सिममा निःशुल्क रूपान्तरण गर्न सक्नेछन्। यसका लागि ग्राहकले दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।

फोरजीमा परिवर्तन गर्न ग्राहकले नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र लगायत आफ्नो पहिचान खुल्ने कुनै एउटा परिचयपत्र देखाएर नयाँ फोरजी सिम लिन सक्ने टेलिकमले जनाएको छ।

आफ्नो सिम फोरजी प्रविधिको हो/होइन भन्ने *४४४# डायल गरेर थाहा पाउन सकिन्छ।