काठमाडौं। सामसङले आफ्नो स्मार्टफोनमा ‘एयरड्रप’ सपोर्ट सुविधा समावेश गरेको छ। कम्पनीले यो सुविधा सोमबार कोरियाबाट सुरु गरेको जनाएको छ।
कम्पनीका अनुसार एयरड्रप सपोर्ट सुरुमा ग्यालेक्सी एस २६ सिरिजमा उपलब्ध गराइएको छ। अन्य डिभाइसमा यसको विस्तारबारे पछि जानकारी दिने कम्पनीले जनाएको छ।
‘एयरड्रप’मार्फत प्रयोगकर्ताले अन्य डिभाइसमा फाइल तथा डकुमेन्टहरू सजिलै सेयर गर्न सक्छन्।
यो सेवा उपलब्ध भएपछि प्रयोगकर्ताले आफ्नो ग्यालेक्सी फोनमा ‘क्विक सेयर’ मेनुमा रहेको एयरड्रपमार्फत आइफोन प्रयोगकर्तासँग फाइल, फोटो र भिडियो आदानप्रदान गर्न सक्नेछन्।
यो सुविधा हालै गुगल पिक्सेल १० डिभाइसमा सुरु भएको एयरड्रप फिचर जस्तै रहेको कम्पनीले बताएको छ।
सामसङले प्रेस विज्ञप्ति जारी गर्दै युरोप, हङकङ, जापान, ल्याटिन अमेरिका, उत्तर अमेरिका, दक्षिणपूर्वी एसिया र ताइवानमा एयरड्रप सपोर्ट चल्ने जानकारी दिएको छ।











