काठमाडौं। नेपाल टेलिकमले थ्रीजी सेवा बन्द गर्ने योजना सार्वजनिक गर्दै फोरजीमा जान आब्हान गरेको छ।
टेलिकमले शुक्रबार सूचना जारी गर्दै तत्कालै फोरजी सीम नि:शुल्क लिएर पूरानो प्रविधि विस्थापितका लागि सहयोग गर्न आब्हान गरेको हो।
टुजी र थ्रीजी प्रयोगकर्ताहरुले नजिकको टेलिकम कार्यालयमा गएर आफ्नो पहिचान खुल्ने नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा अन्य सरकारी प्रमाणपत्र लिएर नयाँ लिन आग्रह गरिएको हो।
साथै, फोरजी सपोर्ट गर्ने सीम प्रयोगकर्ताहरुले *४४४# डायल गरेर फोरजी भोल्ट सेवा सक्रिय गर्न सक्ने जानकारी टेलिकमले दिएको छ।











