काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता २०२६ को आयोजना गरेको छ।
गत शुक्रबार र शनिबार काठमाडौंमा सम्पन्न उक्त इन्डोर क्रिकेट प्रतियोगितामा व्यवस्थापन समूह अन्तर्गत ८ टिम गरी विभिन्न बैंकका ८४ जना विभाग तथा शाखाका कर्मचारीहरू सहभागी थिए।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यस्तो कार्यक्रमहरूले संस्थागत संस्कारलाई मजबुत बनाउने मात्र नभई सुशासन र प्रणालीगत अनुशासनप्रति संस्थाको प्रतिबद्धता समेत झल्काउने बताए। साथै, संस्थाभित्र अनुशासन, आपसी सहकार्य तथा स्वस्थ जीवनशैलीलाई प्रवर्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे।
प्रमुख कार्यकारी अधिकृत पोखरेलले प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरे।
बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूमार्फत कर्मचारीहरूबीच आपसी सहकार्य, सकारात्मक ऊर्जा तथा संस्थागत एकतालाई अझ सुदृढ बनाउने विश्वास लिएको जनाएको छ।










