बेनी हाइड्रोपावर प्रोजेक्टले स्थानीय र वैदेशिक रोजगारका लागि जारी गर्‍यो आइपीओ



बिजमाण्डू
२०८२ चैत्र १ गते १२:०९ | Mar 15, 2026
बेनी हाइड्रोपावर प्रोजेक्टले स्थानीय र वैदेशिक रोजगारका लागि जारी गर्‍यो आइपीओ

काठमाडौं। बेनी हाइड्रोपावर प्रोजेक्टले आइपीओ निष्कासन गरेको छ। कम्पनीले आइतबारदेखि स्थानीय र वैदेशिक रोजगारलाई सेयर निष्कासन गरेको हो।

Tata
GBIME
Nepal Life

हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई १० करोड ४० लाख रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ दरमा १० लाख ४० हजार कित्ता सेयर छुट्याएको छ।

अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २, ३ र ४ का स्थायीलाई ५ लाख २० हजार कित्ता र ३ लाख १२ हजार कित्ता सुलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५, ६, ७ र ११ का स्थायी बासिन्दा र न्यून प्रभावितका लागि २ लाख ८ हजार कित्ता सेयर छुट्याएको छ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयले चैत १५ गतेसम्म आवेदन दिन सक्नेछन्। तोकिएको अवधिमा माग अनुसार आवेदन नपरे ढिलोमा चैत ३० गतेसम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ। यस्तै, वैदेशिक रोजगारीमा गएकालाई १ करोड ५ लाख रुपैयाँ बराबरको १ लाख ४ हजार कित्ता सेयर छुट्याइएको छ।

वैदेशिक रोजगारमा गएकाले चैत ५ गतेसम्म आवेदन दिन पाउनेछन्। आइपीओमा १० देखि १० हजार कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ।

कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशतले हुन आउने २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता सेयर निष्कासन अनुमति पाएको छ।

कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

कम्पनीले संचालन गरेको १९.८ मेगावाटको माथिल्लो सोलुखोला जलविद्युत् आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि लिमिटेड हो।