हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो, जितिन् नगद ५१ हजार सहितको पुरस्कार



बिजमाण्डू
२०८२ फागुन ३० गते १४:०० | Mar 14, 2026
हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो, जितिन् नगद ५१ हजार सहितको पुरस्कार


ललितपुर। महिला सशक्तिकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको काठमाडौं पिंक केयराथन शनिबार जावलाखेलस्थित फुटबल मैदानमा सम्पन्न भएको छ। लेजरपोर्ट नेपालद्वारा आयोजित दौड प्रतियोगिताको २१.१ किलोमिटर हाफ म्याराथनतर्फ सन्तोषी श्रेष्ठ (नेपाल रन, धादिङ) पहिलो भएकी छन्।

Tata
GBIME

यस्तै, नेपाली सेनाका राज्यलक्ष्मी रावल दोस्रो र सरस्वती भट्टराई तेस्रो भएका छन्। बिहान ६ बजे जुम्बा सत्रबाट सुरु भई त्यसपछि विभिन्न दूरीका दौड प्रतियोगिता सञ्चालन गरिएको थियो। कार्यक्रममा २१.१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटर दौड तथा ५ र ३ किलोमिटरका फन रन समावेश गरिएको थियो।

१० किलोमिटर दौडतर्फ निर्मला केसी (नेपाल आर्मी) पहिलो, आशा राउत (सशस्त्र प्रहरी) दोस्रो र सुमित्रा चौधरी (नेपाल प्रहरी) तेस्रो भएका छन्। हाफ म्याराथनका विजेतालाई क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको संस्थाका अध्यक्ष नमराज जोशीले बताए।

त्यसैगरी १० किलोमिटर दौडका विजेतालाई ३१ हजार, २१ हजार र ११ हजार रुपैयाँ नगद पुरस्कारसहित विभिन्न उपहार प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा भारतको मुम्बईका गायक जनिष्ट जोशीले सांगीतिक प्रस्तुति दिएका थिए।

आयोजकका अनुसार सन् २०१७ देखि आयोजना हुँदै आएको कार्यक्रममा यस वर्ष एक हजारभन्दा बढीको सहभागिता रह्यो।